भारती राहत सहयोग दाेस्राे खेप नेपालगन्ज आयाे

फाेटाे: नेपालस्थित रतीय दुताबासकाे फेसबुकवालबाट

भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।

सोमवार बेलुकी करिब ६ बजे भारतीय वायु सेनाको के सी ३८०७ विमान राहत सामग्री बोकेर नेपालगन्ज विमानस्थलमा अवतरण गरेको हो ।

यसअघि आइतबार अपराह्न पनि भारतीय वायुसेनाको विमानले राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा झारेको थियो ।

भारत सरकारको सहयोगमा विमानमार्फत नेपालगन्ज विमानस्थलमा सोमवार पठाइएको सामग्रीलाई भारतीय राजदुतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तवले नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

भारतले दास्रो खेपमा पठाएको सामग्रीमा स्लीपिंग ब्याग, त्रिपाल, कम्बल, टेन्ट र मेटरसलगायत करिब दुई ट्रक सामग्री रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

उहाँले सो राहत सामग्री सोमवार राती नै ट्रकहरुमार्फत जाजरकोट र रुकुम पश्चिममा सुरक्षाका साथ पठाइने बताउनु भयो ।

आइतवार भारतबाट आएको सबै राहात सामग्री सोमवार जाजरकोट र रुकुमपश्चिमा पुगिसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । मंगलवारबाट सो सामग्री वितरण गरिने जनाइएको छ ।

भारत सरकारले १६ करोड रुपियाँ मूल्य बराबरका सामग्री दिने भएको छ । पहिलो चरणमा आइतबार सामान आएको थियो भने दोस्रो चरणमा आज आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *