तिहारकाे फूल टिप्न सुरू

तिहार नजिकिएसँगै फूल टिप्ने काम सुरू भएको छ। काठमाडौंको इचंगुनारायणमा हरेक वर्ष फूल खेती गरिन्छ। तिहारमा सयपत्री, मखमली, गोदावरी फूल, लगायत फूलहरूको प्रयोग हुने गरेको छ।

तिहार नजिकिएसँगै बजारमा पठाउन किसानहरूले फूल टिप्न थालेका हुन्।

वार्षिक रूपमा फूल उत्पादनमा कमी हुँदै गइरहेको किसानहरूको गुनासो छ।

बजारमा भारतीय फूल र प्लास्टिकका फूलको व्यापार बढेपछि नेपालका किसानहरू मारमा पर्ने गरेका छन्।