जाजरकोटलाई केन्द्र बिन्दु बनाए शुक्रबार गएको विनाशकारी भुकम्पबाट जाजरकोट र रूकुम जिल्लामा भए भाैतिक संरचनाकाे क्षतिबाट बास गुमाएकालाई सहयोग स्वरूप भारती सहयोगकाे आज तेस्रो खेप नेपालगन्ज आईपुगेकाे छ ।
न्यानो कपडा र त्रिपाल भारती सेनाको वायुसेवाकाे विमानबाट राहत सामान ल्याए आज भारती दुतावासका प्रथम सचिव नवीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको ।
राहत सामग्री
1) टेन्ट ( ठूलो खालको ) — २४ पिस
2) फिटिङ्स (टेन्ट ) — १२ पिस
3 ) स्लिपिङ ब्याग — २९०० पिस
4 ) ब्ल्यांकेट — २८०० पिस
5) टेन्ट ( सानो खालको ) — ६० पिस
6) फिटिङ्स –६०
७) मेडिकल सप्लाई – 100 k.g.
राहत सामग्रीमा बाँके प्रशासनमा संकलन भएको राहत सामग्री पनि थप गरि एक ट्रक मार्फत जाजरकोट र रुकुम पश्चिम आजै राति पठाईइने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।