दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष धामी जीप दुर्घटनामा घाइते

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड–३, बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जीप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ