एमाले बाँकेले भुकम्प प्रभावितकाे सहयोगका लागि स्वयंसेवक पठायो

नेकपा (एमाले) बाँकेले रूकुम पश्चिमका भुकम्प पीडितको आवास पूनर्निमाणका लागि २० जना पार्टीका नेता तथा कार्यकर्तालाई स्वयंसेवककाे रूपमा सेवा गर्न आज पठाएको छ ।

एमाले केन्द्रीय निर्देशन अनुसार पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य राम थापाको नेतृत्वमा स्वयंसेवक रूकुम पश्चिम पठाईएकाे जिल्ला कमिटी अध्यक्ष बिदाई कार्यक्रममा जानकारी गराउनु भयो । उहाँले बाँके जिल्लाबाट पठाइएका स्वयंसेवकले केन्द्रीय टाेलीसँगकाे समन्वयमा सेवा गर्ने बताउनु भयो । विदाई कार्यक्रम केन्द्रीय सदस्य दीपा शर्माले शुभकामना व्यक्त गर्दै पार्टी केन्द्रीय निर्देशन अनुसार १० दिन सम्म स्वयंसेवकले काम गर्नुपर्ने बताउनु भयो ।

विदाइ कार्यक्रममा स्वयंसेवकलाई जिल्ला उपाध्यक्ष डिल्ली बिसी, उपसचिव भुमिसरा धिताल, प्रदेश कमिटीका सदस्यहरूले टीका, सगुन खुवाए सगुन खुवाए स्वयंसेवकलाई विदाई गरिएको थियो ।