पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु

पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्नु। भएको छ । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गर्नु भएको थियो । त्यसपछि ओलीले पनि बलिङ गर्नु भएको थियो । उहाँको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गर्नु भएको थियो । मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *