जानकीकाे गुरूवागाउँमा भव्य रूपमा मेला मनाइदै

बाँकेको जानकी गाउँपालिका वडा नं.५ गुरूवागाउँमा नागाबाबा मेला भव्य रूपमा मनाइदै छ । कार्तिक पूर्णिमाकाे दिन देखि सुरू हुने मेलामा विभिन्न पालिकाबाट मेलामा नागरिक आउने गर्दैछन् ।
पूर्णिमाकाे दिन देखि सुरू भएको मेला परम्परा देखिनै चलिआएका रितितिथी अनुसार मेला मनाउँदै आइएकाे छ । यहाँ स्थानीय उत्पादन देखि बाल उद्यम, खानाका परिका, नाचगान हुने गर्दछ । यसका साथै  मेलाको सबैभन्दा आक्रमण भेडा(भेडाका साँड) जुझाउने रहेको छ । यसवर्ष करिब ५५ भन्दाबढी विभिन्न रंङ राेगन र नाम लेखेका भेडा जुधाइएकाे थियोे । भेडा जुझाउने केवल रमाइलोका लागि मात्रै हाे, याे परम्परा देखि यस्तै हाे भन्नू हुन्छ वडा नं.५का अध्यक्ष टिकानाथ यादव । उहाँका अनुसार मेला कुनै समय देखि सुरू भयो यसको कुनै एकिन समय छैन ।
मेलामा हजारौं नागरिक बालक देखि जेष्ठ उमेर समूहका आउने गर्दैछन् । व्यवस्थापनका लागि तत्कालीन लुम्बिनी प्रदेश सरकारकाे सहयोगमा पाेखरी संरक्षण गर्ने सुरूवात गरिएको थियो । पुरै संरक्षण गर्न सकिएन हालको सरकारले बजेट विनियोजन नगरेकोले काम सम्पन्न हुन सकेन भन्नू हुन्छ पूर्ववडा अध्यक्ष रमेशकुमार वर्मा ।

वडा अध्यक्ष यादवका अनुसार सधै जस्तै यसवर्ष पनि मेला ब्यवस्थापन समितिले मेलालाई व्यवस्थापन गर्ने, शान्ति सुरक्षा व्यवस्थापन गर्ने लगायतका काम गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *