दैलेखका नेकपा (एस)का ६ जना नेता एमाले प्रवेश

नेकपा एकिकृत समाजवादी (नेकपा एस) दैलेखका ५ जना नेताले एमाले प्रवेश गरेका छन् ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला पुगेको एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि भएको कार्यक्रममा नेकपा एसका नेता दैलेख जिल्ला कमिटि सदस्य सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटिका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गर्नु भएको छ ।
समृद्ध नेपालः सुखि नेपालीको लक्ष्य पुरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरु मध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसामगरले जानकारी दिनुभयो ।
‘विकास र समृद्धीको नेतृत्व गर्ने पार्टी एमाले र समकालिन नेता केपी शर्मा ओली बाहेक अरु कुनै रहेनछन,’ नेकपा एसका जिल्ला कमिटीबाट एमाले प्रवेश गरेका गंगाराम थापाले भन्नुभयो, ‘एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाएपनि अब कसैले सक्दैनन् ।’
पार्टी प्रवेश गर्नेलाई एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माला लगाएर स्वागत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *