अध्यक्ष ओलीलाई राउटेले काेसी उपहार दिए

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राउटे समुदायले दैलेखमा काेसी उपहार दिएको छ ।

नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार दैलेख पुग्नुभएका ओलीलाई राउटे समुदायले उपहार दिएका हुन् । दैलेखको गुराँस गाउँपालिकामा राउटे समुदायले परम्परागत सिपबाट बनाएको काठका सानो काेसी उपहार दिइएको छ ।

गुराँस गाउँपालिकामा अभियानको टोलीलाई स्वागत गर्न पुग्नुभएको राउटे समुदायका महामुखिया सूर्यनारायण शाहीले ओलीलाई काठको काेसी उपहार दिनुभएको छ । राउटे मुखियाले दिनुभएको उपहार एमाले अध्यक्ष ओलीले रुचिपूर्वक ग्रहण गरी लिँदा लिँदै खोलेर हेर्नु भएको छ ।

राउटे समुदाय नेपालको अति लोपोन्मुख आदिवासी समुदाय हो । यो समुदाय अहिले पनि स्थायी घर बनाएर बस्ने गर्दैन । अहिले पनि राउटेहरू जङ्गलमा नै अस्थायी घर बनाएर बस्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *