एमालेकाे मध्यपहाडी यात्रा आज चिवाभन्ज्याङ पुग्दै

नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा स्थानीयको समस्या पहिचान गरी समाधानको उपाय पनि खोजी गरिएको बताउनुभएको छ ।
यात्राको १७ औ दिन पाँचथरको फिदिममा आयोजित अभियानको अन्तिम सभा पछि सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले यात्राको क्रममा स्थानीयसँग कुरा गरेर धेरै कुरा जानकारी लिन सकिएको बताउनुभएको छ । ‘बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्राकोशनिबार अन्तिम सभा हो, आज बिहान हामी पाँचथरको चिवाभन्ज्याङ पुग्दै छौँ, हामीले स्थानीयसँग कुरा गर्‍यौँ, स्थानीयकै समस्या बुझ्यौँ, उहाँहरूकै अपेक्षा अनुसारको समाधान पहिल्याउने बाटो खोज्यौँ, आज पाँचथरको फिदिममा हाम्रो यात्रा पुग्यो, यो यात्रामा सहभागी सबैलाई धन्यवाद’, ओलीले लेख्नु भएको छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदै छ ।