डाक्टर रावलकाे भनाइ: डाक्टर केसीको विरोध हुनुपर्छ

 पूर्व-उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नभएको बताएका छन्। नेता रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनुपर्ने बताएका हुन्।

सामाजिक सञ्जाल एक्समा उनले आइतबार बिहान उनले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ।‘

सरकारसँग विगतमा पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै डा. केसीले २ बुँदे माग राखी शुक्रबार साँझ ५ बजेदेखि अनशन बस्ने बताएका थिए।

गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि लक्ष्मीनारायण मन्दिरमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *