मुक्ति समाज बाँकेले स्थापना दिवस मनायो

नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेले ३६ आै स्थापना दिवसकाे अवसरमा अन्तक्रिर्या कार्यक्रम गरेकाे छ । कार्यक्रम नेकपा (एमाले) बाँके जिल्ला कार्यालय परिसरमा आज सम्पन्न भएको छ।
अन्तक्रिर्या कार्यक्रम नेपालकाे दलित आन्दोलनबाट प्राप्त संवैधानिक एवम् राजनीतिक उपलब्धि, कार्यान्वयनकाे अवस्था र संगठनकाे कार्यभार विषयमा संविधानसभा सदस्य दलबहादुर सुनार, नेपालकाे दलित आन्दोलन, संगठनकाे भूमिका र प्राप्त उपलब्धिका विषयमा समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्मा र दलित मुक्तिकाे सन्दर्भमा नेकपा (एमाले)काे राजनीतिक एवम् वैचारिक दृष्टिकोण, पार्टी र संगठनकाे अन्तर सम्धन्ध र समावेशीकरणकाे विधि नेकपा (एमाले) बाँकेका उपाध्यक्ष डिल्ली बिसी धारणा राख्नु भएको थियो ।
विषयगत धारणा व्यक्त गर्दै संविधानसभा सदस्य सुनारले संबैधानिक रूपमा प्राप्त अधिकारकाे संस्थागत गर्ने र अधिकारकाे सही उपयोग गर्नुपर्ने बताउनु भयो । धरातल कसैले पनि विर्सनु हुँदैन । सबै आफ्नो विगतलाई संझिएर भविष्यमा याेजना बनाउनु पर्दछ । हाल संविधानमा जुन उपलब्धि प्राप्त भएको छ त्यो हाम्रो संगठन र एमालेकाे पहल प्राप्त भएको सुनार बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य एवम् नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार बाबुराम गाैतमले जातका आधारमा कसैलाई विभेद गर्न हुँदैन यदि त्यसाे गरियो भने कानुन अनुसार कारवाही हुने बताउनु भयो । उहाँले जातका आधारमा हुने विभेद अन्त्यका लागि संगठन, व्यक्ति र पार्टी एकजुट भएर लाग्नु पर्ने त्यस कार्यमा आफुले सहयोग गर्ने बताउनु भयो ।
२०४५ सालमा आजको दिन संगठनकाे स्थापना भएको थियो । साेही अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको समाजका अध्यक्ष लिलबहादुर नेपालीले जानकारी दिनु भयो ।