बर्दियाको जब्दीघाट पुल पुनर्निर्माण जनअभियान समिति गठन

बर्दियाको भादा नदि(बबइ) जब्दीघाटमा निर्माण भएको पुल भत्किएको र आवत जावतमा अवरोध भएकोले जब्दीघाट पुल पुनर्निर्माण जनअभियान समिति गठन भएको छ । सरोकारवालाको भेलाले जनअभियान समिति गठन गरी पुल निर्माणका लागि सरकार र सरोकारवाला जनप्रतिनिधिलाई दवाव दिन समिति गठन गरिएको छ ।

जनअभियानको अध्यक्षमा राम प्रसाद थारु, उपाध्यक्ष माया परियार, सचिव राम भरोसे थारु, सहसचिव हरि शंकर थारु, सदस्यहरुमा लिसानु थारु, राम बहादुर थारु, हिरादेवी थारु, सीता थारु, फकली थारु, संगम थारु र जनजिरिया थारु रहेको समिति गठन गरेको हो । यसैगरी समितिलाई आवश्यक सल्लाह र सुझावका लागि सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा राजेन्द्र सिंह ठकुरी, दयाराम थारु, गोपाल थारु र हिरालाल थारु रहेको समिति गठन भएको हो ।

यही पुस ३ गते बारबर्दिया नगरपालिका–११ को जब्दी, खुन्तीपुर आसपासका नागरिकको सक्रियतामा सो भेला भएको थियो । भेला सामुदायिक भवनको प्राङ्गण जब्दीमा भेला भएर बर्दियाको सदरमुकाम गुलरियादेखि पुर्व–पश्चिम राजमार्गको रम्भापुर जोेड्ने भासिएको र भत्काइएको जब्दीघाट पुल चाँडोभन्दा चाँडो निर्माणका लागि दवाव दिन समिति गठन भएको हो ।

जब्दीघाट पुल पुनः निर्माणका लागि वडा नं.११ का बडघरहरु, वडा सदस्यहरु, सामाजिक कार्यकर्ताहरु रहेका छन् सहभागितामा समिति गठन भएको हो । भेलाका सहभागीहरुले उक्त पुललाई लिएर सडक विभाग र पप्पु कन्सट्रक्सनबीचको मुद्दा सर्वाेच्च अदालतले अग्रिम सूचिमा राखेर सुनुवाई गर्नु पर्ने र मुद्दाको सुनुवाई ढिलो हुँदा जब्दीघाट वारपार गाउँ बस्तीहरु र जब्दीघाट भएर विभिन्न गन्तव्यहरुमा आवत जावतमा आमनागरिक, किसान, ब्यापारी, बिद्यार्थी बालवालिका, बिरामी, गर्भवती र सुत्केरी महिला, पर्यटक लगायतलाई दुःख, कष्ठ र सास्ती ब्यहोर्नु परिरहेको कुरा सहभागीहरुले अभिब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *