लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रीपरिषद बिस्तार गर्दै

लुम्बिनीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले आधा वर्ष पुग्नै लाग्दा पनि पूर्णता पाउन नसकेकाे  लुम्बिनी प्रदेश सरकारले आइतबारसम्म मन्त्रीपरिषद बिस्तार हुन सक्ने स‌‌भावना बढदै गएकाे छ ।  ढिलाइ हुनुको कारण भने सत्ता साझेदार प्रमुख दलहरू बीचको भागबण्डा नमिलेर हाे ।

सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले पाँच मन्त्रालय र नेकपा माओवादी केन्द्रले तीन मन्त्रालय पाउने सहमति भएको थियो। वैशाख १४ गते डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुपूर्व यी दुई दलका बीचमा माओवादीले तीन मन्त्रालय र कांग्रेसले चार मन्त्रालय पाउने मौखिक सहमति भएको माओवादी नेताहरू दाबी गर्छन्।

नेकपा माओवादी केन्द्रले पूर्वसहमति अनुसार आफूहरू टसमस गर्न सक्ने  तर नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भने लुम्बिनी सरकारको व्ययभार थप्ने गरी मन्त्रालय टुक्राएर सरकारलाई पूर्णता दिन नहुने तर्क छ। यसअघि नै माओवादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने भनेर पार्टीबाट नाम अनुमोदन गरी पठाइसकेको हुँदा अहिले मन्त्री थपिने पनि उहाँहरुनै रहेकाे नेकपा माओवादी केन्द्रले बताइरहेकाे छ । कांग्रेसमा भने नामकाे कुनैका बारेमा छलफल भएकाे अाधिकारी सूचना बाहिर अाएकाे छैन ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाबाहेक प्रदेशमा क्रियाशील अन्य सबै आठ दल तथा एक स्वतन्त्र सांसदसहित ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले  वैशाख १५ गते शपथ लिएका थिए।

अहिले मन्त्रिमण्डलमा को–को सामेल छन्?

१. डिल्लीबहादुर चौधरी – नेपाली कांग्रेसबाट –मुख्यमन्त्रीका साथै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय।

२. धनबहादुर मास्की – नेकपा माओवादी केन्द्र – अर्थमन्त्री।

३. राजु खनाल– नेपाली काँग्रेसबाट – स्वास्थ्यमन्त्री।

४. सन्तोषकुमार पाण्डेय– लोकतान्त्रिक समाजबादी पार्टी – गृहमन्त्री।

५.भण्डारीलाल अहिर – जनता समाजबादी पार्टी – कृषि तथा भूमि व्यस्थामन्त्री।

६. चन्द्रकेश गुप्ता – जनता समाजबादी पार्टी – सामाजिक विकासमन्त्री।

७.धर्मबहादुर चौधरी – नागरिक उन्मुक्ति पार्टी – भौतिक पूर्वाधार विकासमन्त्री।

Leave a Reply

Your email address will not be published. Required fields are marked *