मुक्त कमैयाको पक्षमा काम र नीतिगत व्यवस्था हुन्छः उपपमुख चौधरी


बर्दियाको बाँसगढी नगरपालिकाले मुक्त कमैया र कमलहरीको उचित व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्ने भएको छ । कमैया महिला जागरण समाज गुलरियाको पहलमा बाँसगढी क्षेत्रका मुक्त कमैयाका प्रतिनिधि र नगरपालिकाका जनप्रतिनिधिबीच भएको संवादमा नगरपालिका उपपमुख इन्दिरा चौधरीले बताउनु भएको हो ।
बाँसगढी नगरपालिकाले मुक्त कमैयाको पहिचा, पुनस्थापना जस्ता विषयमा मुक्त कमैयाकै लागि भनि छुट्टै कुनै कानुन नबनाएको भएपनि मुक्त कमैया परिवारका लागि विशेष प्रकारको आय आर्जन, सिपविकास, पूर्वाधार विकास तथा शिक्षा क्षेत्रमा काम गरिरहेको उपप्रमुख चौधरीको भनाइ रहेको छ । समग्रमा गरिब, विपन्न, दलित, आदिवासी जनजाति लगायत पाखापारिएका वर्गको पक्षमा नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेर मुक्त कमैयालाई सोही प्राथमिकतामा उच्च प्राथमिकतामा काम गरिरहेको बाँसगढी नगरपालिकाका योजना अधिकृत खडक बहादुर वलीले जानकारी दिनु भयो ।


सार्वजनिक नीति सम्वाद सुनुवाई कार्यक्रममा कमैया महिला जागरण समाजको पहलमा तयार पारिएको मुक्त कमैयाको पहिचान, पुनस्र्थापन र वृत्ति विकास लगायतका कार्यक्रम सञ्चालन गर्न मुक्त कमैया पुनस्र्थापना कार्यविधि समाजका अध्यक्ष अध्यक्ष विष्णी थारुले उपमेयर चौधरीलाई हस्तान्तरण गर्नु भएको यियो । कार्यविधिमा मुक्त कमैयालाई आत्मनिर्भर बनाउदै मुक्त कमैया तथा कम्लहरी परिवारहरूको जीवनस्तरमा सुधार ल्याउन आवश्यक भएकोले नगरपालिकाले नेपालको संविधान २०७२ को धारा ५१ ञ(६) को भावना र मर्म अनुरुप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को (२) ले दिएको अधिकार प्रयोग गरि मुक्त कमैया पुनस्र्थापना कार्यविधि जारि गर्न सकिने भएकोले सो कार्यविधिको मस्यौदा नगरपालिकालाई हस्तारण गरिएको कमैया महिला जागरण समाजको कार्यक्रम अधिकृत राजेन्द्र चौधरी बताउनु भयो ।
कार्यक्रममा बाँसगढी नरपालिका क्षेत्रमा मुक्त कमैयाका प्रतिनिधिले दैनिक भोग्दै आएका समस्या लगायत जीवनस्तर सुधारका लागि नीतिगत र व्यवहारिक रुपमा कार्यान्वयनको पक्षमा नगरपालिकाले काम गर्नु पर्ने बताउनु भएको थियो । यसैगरी वडा नं. ६ का अध्यक्ष लालबहादुर क्षेत्री र वडा नं. ५ का वडा अध्यक्ष दहवा थारुले मुक्त कमैयाको पक्षमा भएका काम र आगमी दिनमा गर्नु पर्ने कामका बारेमा आफ्ना धारना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *