महासंघको अध्यक्षमा रानाभाट निर्वाचित


नेपाल उद्योग तथा बाणिज्य महासंघ बाँकेको दोस्रो अधिवेस आज नेपालगन्जमा सम्पन्न भएको छ । महासंघको अधिवेसनबाट भिम रानाभाटको अध्यक्षमा ३१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
अधिवेसनबाट उपाध्यक्षमा उषा थापा भण्डारी र श्यामसुन्दर अधिकारी चयन हुनु भएको छ । यसैगरी सचिवमा विष्णु खनाल, उपसचिबमा शर्मिला खत्री, रामचन्द्र तिवारी, उत्तम कुमार शाह चयन हुुनु भएको छ । कोषाध्यक्ष पिताम्बर मरासिनी सहकोषाध्य विष्णु माया शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
अधिवेसनको उदघाटन सत्रमा महासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतमले सुखी र समृद्धिको परिकल्पना नेकपा(एमाले)को हो तर यसलाई व्यवहारिक रुपमा प्रत्याभुती गराउने मुख्य जिम्मेवारी महासंघको भएको बताउनु भयो । उहाँले अब सधै निरासाको कुरा भन्दा पनि देशमा आशाका कुरा र व्यवहार गर्नु महासंघको पनि कर्तव्य भएकोले यसका लागि सबै एकजुट भएर पार्टीको मुल नारामा गोलबद्ध हुनु पर्ने बताउनु भयो । यसका साथै वर्तमान सरकारले केवल व्यवसायलाई मात्रै अन्याय गरेको छैन यो आर्थिक मन्दीले गर्दा व्यवस्थानै असफल गराउने खतरा भएकोले आ आफ्नो स्थानबाट सरकारका जनविरोधी कार्यको खुलेर विरोध वहस गर्न बाँकेका उद्योगी व्यवसायीलाई अपील गर्नु भयो ।

अधिवेशनबाट सदस्यहरूमा भागवत प्रसाद कँडेल,रामप्रसाद पन्थ,तोप बहादुर थापा ,केशव राज अधिकारी ,चक्र बहादुर के.सी.,पुण्य प्रसाद तिवारी,भागर्व लम्साल, सरोज कुमार चौधरी ,मिन बहादुर मल्ल,डिलाराम पौडेल,पूर्णदेेव गिरि ,बिष्णु श्रेष्ठ,बुद्धि दियाली ,लक्ष्मीप्रसाद जैसी र डिला शाह निर्वाचित हुनु भएको छ ।
अधिवेसनकाे खुदघाटमा महासंघका केन्द्रीय महासचिब, प्रदेश अध्यक्ष सहित नेकपा (एमाले) बाँकेका उपाध्यक्ष लगायतका नेताले अधिवेसनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *