बर्दियाको भादा नदि(बबइ) जब्दीघाटमा निर्माण भएको पुल भत्किएको र आवत जावतमा अवरोध भएकोले जब्दीघाट पुल पुनर्निर्माण जनअभियान समितिले तत्काल निर्माणका लागि सरकारलाई दवाव दिइरहेको छ । आज बर्दियाको गुलरियामा पत्रकार सम्मेलन गरेर पुल नहुदा नागरिकले आवतजावतका विभिन्न कष्ठकर समस्या भोग्दै आएको बताएको छ । पुन २०७४ साउन २८ गतेका दिन नदिमा आएको बाढीले भास्सिदा यात्रु आवत जावतमा अवरोध भएको थियो ।
समितिले आज पत्रकार सम्मेलन मार्फत जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ सदरमुकाम गुलरियादेखि पूर्वपश्चिम राजमार्गसम्मका आमनागरिकले पुल अभावका कारण कष्ठकर यात्रा गर्नु परेको भनिएको छ । पुन नहुँदा नदिमा आवागमनका लागि जोखिमपूर्ण यात्रा गर्नु परेकोले तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरेको छ । पुन नहुँदा बालिबालिका, विद्यार्थी विरामीले दैनिक जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । यसका साथै अस्पताल आउने विरामी, सुत्केरीका लागि अझै जोखिमपूर्ण आवतजावत गर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जनअभियान अभियानले आज पत्रकार सम्मेलन मार्फत प्रेषित विज्ञप्तिमा भनिएको छ, पक्की पुन कम्तिमा दुई वर्षभित्र निर्माण गरी नागरिकको आवागमनको अधिकार सुनिश्चत गर्नु सरकारको दायित्व हो । पुल निर्माणका लागि सबै सरोकारवालालाई जिम्मेवारी अनुसारको पहल गर्न अनुरोध पनि गरिएको छ । पुल निर्माणको पहलकर्ता राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले गरिरहेको छ । पुस ३ गते पुन निर्माणका लागि नागरिक स्तरमा जब्दीघाट पुल निर्माण जन अभियान राम प्रसाद थारुको अध्यक्षतामा समिति गठित भएको छ ।