सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भएको छ । गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो ।
गत वर्ष १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छपाइका लागि १३ वटा निजी प्रकाशकलाई जिम्मा दिइएको थियो । ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक भने जनक शिक्षाले छापेको थियो ।