सत्ता गठबन्धन बीचमा राष्ट्रिय सभा निर्वाचनकाे सिट बाँडफाँट हुने

 सत्ता गठबन्धनका दलहरु बीचमा राष्ट्रिय सभा निर्वाचनकाे सिट बाँडफाँट हुने भएको छ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो ।

सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए। उनले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भयो। राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर। आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्नेछ। सबैको बैठकबाट राष्ट्रियसभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ