राष्ट्रपतिले मनाेनीत गर्ने सिटमा पाैडेललाई पठाउने

सत्ता गठबन्धनले राषट्रपतिबाट मनाेनीत गर्ने राष्ट्रिय सभा सदस्यमा गठबन्धनको घटकबाटै दुर्गा पौडेललाई पठाउने भएको छ। उहाँ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुनु हुन्छ । जनमोर्चाले सत्ता गठबन्धनमा एक सिट मागेको थियो।

पौडेल प्यूठानबाट गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्थ्यो । उहाँ नेकपा (एमाले) का सूर्य बहादुर  थापासँग पराजित हुनु भएको थियो  ।

आइतबार बिहान बसेको गठबन्धनको बैठकले पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा पठाउने निर्णय गरेको हो।

फागुन २० गते रिक्त हुने विमला राई पौड्यालको स्थानमा पौडेल मनोनीत गर्ने गरी आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहमति जुटेको हो।