तराईमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

तराईमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन कष्टकर भएकाे छ । यसका साथै स्वास्थ्य, सडक तथा हवाइ यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ। उसले चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन समेत सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *