राष्ट्रिय युवा संघ नेपाल नेपालगन्ज उपमहानगरपालिका कमिटीको तेस्रो नगर अधिवेशनबाट विरेन्द्र थापा(विरू)को अध्यक्षमा ७१ सदस्यीय उपमहानगरपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
उपमहानगरपालिका कमिटीको उपाध्यक्षमा सुनिल भाट, सचिवमा तनिष टन्डन, उप-सचिवमा शैलेष बोहरा र सौगात बिष्ट चयन हुनु भएको छ । यसैगरी कमिटीको कोषाध्यक्षमा पल्पसा थापा चयन हुनु भएको छ । बाँकेको नेपालगन्जमा आज सम्पन्न अधिवेशनले उपमहानगरपालिका कमिटीका सबै वडाकाे प्रतिनिधित्व हुनेगरी कमिटी गठन भएको नेकपा (एमाले) नेपालगन्ज उपमहानगरपालिका कमिटीका सचिव माेहित शाहले जानकारी दिनु भयो ।
उपमहानगरपालिका कमिटीको उदघाट सत्रमा नेकपा (एमाले)का केन्द्रीय सदस्य माेहमद हारूनले युवालाई आफ्नो अधिकारी र समृद्ध समाज निर्माणका लागि संगठित हुनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले युवा वर्ग केवल काेरा राजनीतिका लागि मात्रै नभएर आफ्नो क्षमता विकास र भविष्य निर्माणका लागि समेत युवा संघमा संगठित हुनुपर्ने बताउनु भयो ।
अधिवेशनमा युवा संघका केन्द्रीय सचिव खेमराज शर्मा, प्रदेश सभा सदस्य दुर्गाप्रसाद चाैधरी लगायत युवा वर्गका लागि संगठनकाे महत्त्व र समाज रूपान्तरणका लागि निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा धारणा विचार व्यक्त गर्नु भएको थियो ।