बाँकेका हरित अभियन्ता काफ्ले भारतमा सम्मानित

लेक्स फाउन्डेसनको आयोजनामा भारतको हरियाणामा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बाँकेका  हरित अभियन्ता हेमन्तराज काफ्ले सम्मानित हुनु भएको छ ।

अभियान्ता काफ्लेले हरित अभियानमा विशेष याेगदान दिनहरू जन्मदिनमा रुख बिरुवाहरु विशेष गरी सितलचिनी उपहार दिने अभियान चलाउनु भएको छ । उहाँ नेपालको कलाकार, राजनीतिज्ञ, डाक्टर लगायत आम नागरिकलाई बितरण गर्नु भएको छ । सो सम्मेलनमा मार्टिन लुथर किङ्गको सिद्धान्त ननभाईलेन्स फ्र ट्री नामक कार्यपत्र र सितल चिनिको बारेमा दुई वटा सेसनमा प्रस्तुति गर्नु भएको थियोे । कार्यक्रम महिला कलेज साेतिपतमा भएको थियोे ।

उहाँकाे  रुख विरूवा प्रतिको लगाव देखेर हरियाणाका हरित पुरुष देबेन्द्र र नेपालका काफ्लेलाई बिजेपीका बिधान सभा सान्सद मोहनलाल बडोलिले सम्मान गर्नु भएको थियोे ।

सम्मान ग्रहण गर्दै अभियान्ता हेमन्तराज काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *