पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपात

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही  भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

पहाडी  भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।