प्रधानमन्त्रीकाे निर्देशनः उपकुलपतिले दीर्घकालिन असर पर्ने निर्णय नगर्नु

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम विश्वविद्यालयको कुलपतिको जिम्मेवारीले उपकुलपतिलाई दीर्घकालिन असर पर्ने निर्णय नगर्न नगराउन निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा, स्वास्थ्यको चलानी नं. ४१२।७०२ को माघ ३ गतेको पत्रानुसार सो निर्देशन मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर सुर्खेतलाई प्रेसित गरिएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । निर्देशनमा उपकुलपतिको पदावधि निकट भविष्यमा समाप्त हुने भएकोले कुनैपनि सरुवा, नियुक्ति, सम्बन्धन, अनुमति लगाएतका दीर्घकालीन असर गर्ने निर्णयहरु नगर्न नगराउन हुन प्रधानमन्त्री एवं विश्वविद्यालय कुलपतिको निर्देशनमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयको कुलपति र उपकुलपति व्यक्ति भन्दा पनि संस्थागत अविछिन्न उत्तराधिकारी प्रणाली हुने भएपनि यसरी निर्णय गर्दा विश्वविद्यालयमा सोझै राजनीतिक र शक्ति केन्द्रको रवाफ र दवावमा परेको देखिन्छ । शैक्षिक व्यक्ति खगेन्द्र थापाले सो पत्र आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लाजले नि लाग मान्यो होला यो लज्जा पत्र देखेर भनेर लेख्नु भएको छ । निर्देशन पत्रमा नयाँ उपकुलपति सिफारिस गर्ने निर्णय भएको भन्दै कहिले र कुन समयमा नयाँ उपकुलपति सिफारिस गर्ने भन्ने समेत पत्रमा उल्लेख गरिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *