डुडुवाका १८ जना जनप्रतिनिधिले गाउँसभा बहिस्कार


बाँकेको  डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउदे गाउँसभा बहिस्कार गरेका छन् । बिहिबार हुने भनिएको डुडुवा गाउँपालिकाको हिउदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा एमाले, जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जनाले सदस्यहरुले बहिस्कार गरेका हुन् ।

डुडुवा गाउँपालिकाकाको अध्यक्ष पदका लागि दोश्रो पटक निर्वाचत भएका चौधरीले यस अघिका गाउँसभा र कार्यपालिका बैठकमा उपस्थित सदस्यहरुलाई जानकारी नदिनेदेखि निर्णय नै नलेखिएको सादा पानामा हस्ताक्षर गराउने गरेकोे आरोप लगाउदै उनीहरुले बहिस्कार गरेको जनाएका छन् । निवार्चित भएको झण्डै दुईंबर्ष पुग्नै लाग्दा पनि अध्यक्षले योजना बाँडफाँडमा बिभेद गर्दै आएकाले आफूहरु गाउँसभा वहिस्कार गर्न बाध्य भएको जसपा र नेपाली काँगे्रसबाट निर्वाचित सदस्यले जनाएका छन् ।

उनीहरुका अनुसार गाउँपालिका अध्यक्ष चौधरीले सादापानामा हस्ताक्षर गराउने देखि योजना र खर्चको बिबरण नदिएको जनाएका छन् । उनीहरुले कुनैपनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्ना लगायतका बिषयहरुमा भ्रष्टाचार गर्दै आएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनैपनि बैठक, सभामा सहभागी नहुने जनाएका हुन् । कार्यपालिका बैठक र गाउँसभा सम्बन्धि आफूहरुलाई पूर्व सूचना समेत नदिएर अध्यक्षले गाउँसभा गर्न खोजेको प्रति आफूहरुको आपत्ति रहेको जनाएका छन् । वडा नं ५ र ६ का वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्यले गाउँसभा हस्ताक्षर सहित बहिस्कार गरेपछि माघ ४ गते हुने भनिएको हिउदे गाउँसभा अन्यौलमा परेको छ । गत वर्ष पनि डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा भएको थियो ।