जानकी गाउँपालिकामा भाेली सार्वजनिक विदा

बाँकेको जानकी गाउँपालिकाले साेमबार(भाेली) सार्वजनिक विदा दिएकाे छ । गाउँपालिकाका अध्यक्ष छब्बन खाँद्वारा हस्ताक्षरित सूचनामा भाेली अत्यावश्यक सेवा बाहेककाअन्य सबै सेवा बन्द हुने जानकारी दिईएकाे छ ।

सूचनामा भारतकाे अयाेध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गर्ने भएको र गाउँपालिका क्षेत्रमा पनि शाेभायात्रा तथा दिप प्रज्जवल गर्नुपर्ने भएकोले गाउँपालिका र मातहतका निकायलाई एकदिनकाे सार्वजनिक विदा दिइएको जानकारी गराइएको छ । भारतमा २२ तारिख अर्थात भाेली राम मन्दिरकाे विधि पूर्वक प्राण प्रतिष्ठान गरिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *