मुगुमा ‘भाइरल’ ज्वरोले ३ जनाको मृत्यु

जिल्ला अस्पतालकाे फाइल तस्बिर 

मुगु जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ।

भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र  २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले जानकारी दिनु भयो ।

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन्। जिल्ला अस्पताल बिरामीले भरिएका छन्।

गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नु भयो । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट  सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ।

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिनु भयो ।

उहाँले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुने बताउनु भयाे ।

याे राष्ट्रिय समाचार समितिकाे समाचार थाहा खबरमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *