तराईमा शून्य पारदर्शिता, हवाई सेवा संचालन हुन सकेनन्

नेपालगन्जबाट शनिबार कुनै पनि हवाई सेवा संचालन हुन सकेनन् । बाक्लो हुस्सु र शितलहरका कारण हवाई सेवा मात्रै हैन नागरिकको दैनिक जीवनमा पनि कष्टकर बनाएकाे छ । आवतजावत र दैनिक कार्य गर्न समेत कष्टकर भएको छ ।

जल तथा माैसम विज्ञान महाशाखाका अनुसार  लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा शून्य पारदर्शिता रेकर्ड भएको हो । यो भनेको मानिसको आँखाले पनि धेरै परसम्म धान्न नसक्ने पारदर्शिता हो । शीतलहर सिमसिमे वर्षा भए जस्तैको अवस्थामा रहेकाले ठिहि¥याउने चिसोको मारमा तराईका बासिन्दा परेका छन् ।

भैरहवा र सिमराको पारदर्शिता शनिबार दिउँसो केही सुधार भएको देखिएको छ तर रात पर्दै जाँदा फेरि त्यो मेटिने गरेको छ । नेपालगन्ज, धनगढी, विराटनगरलगायत अन्यत्रको पारदर्शितामा सुधार आउन सकेको छैन । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेकाले जनजीवन सहज बनाउन आवश्यक पहल गर्न सुझाइएको छ ।