टुर दि ठाकुरद्वारा अब ‘बिवाइडी टुर दि ठाकुरद्वारा’ हुने

 

नेपालगन्ज साइक्लिङ क्लबले यही माघ २५ देखि २७ मा आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सवको अन्तिम तयारीमा पुगेको जनाएको छ। क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने  क्लब र गाडी बिक्रेताबीच सम्झौता भएकाे छ ।  टुर दि ठाकुरद्वारा ” बिवाइडी टुर दि ठाकुरद्वारा” भनेर आयोजना गरिने अध्यक्ष  सापकोटाले बताउनु भयाे ।

बिवाइडिका नेपालगन्ज बिक्रेता टिम इलिभेन इभि प्रालि लिमिटेडका संचालक बसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठुलो इभेन्टसँग सहकार्य गर्न लागेको जनाउदै खुशी व्यक्त गर्नु भयाे । क्लबले कार्यक्रममा देशभर र भारतीय शहरबाट समेत गरि ३ सय जना साइकल यात्रीहरु यो इभेन्टमा सहभागी हुने जनाएको छ।

कार्यक्रम नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएर बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म  १ सय किलोमीटर साइकल यात्रा पुरा गरिने क्लबका बरिस्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले जानकारी दिनु भयाे ।