काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रहरी श्रीमती संघले काठमाडौँ जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई उजागर गर्ने उदेश्यले आज आयोजना गरेको ‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रममा डङ्गोलले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सराहनीय रहेको बताउनुभयो । “सुरक्षाका दृष्टिकोणमा प्रहरीको भूमिकालाई बालबालिकाले कसरी हेरिरहेका छन् भन्ने विषयलाई यस्ता कार्यक्रमले प्रष्ट पार्ने गर्दछन्”, उहाँले भन्नुभयो ।