प्रेस चौतारी नेपालले स्थापना दिवस मनाउदै

प्रेस चौतारी नेपालले स्थापना दिवस मनाएकाे छ । आज स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको अवसरमा चाैतारीले दिवस मनाएकाे हाे ।

विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ ।

चौतारी बाँके शाखाले स्थापना दिवसकाे अवसरमा  अाज नेपालगन्जमा मिडियाकाे दीगाेपनाका लागि जनप्रतिनिधिकाे भुमिका विषयक अन्तरक्रिया गर्ने गर्न लागेकाे अध्यक्ष दुर्गा राेकायले जानकारी दिनु भएकाे छ ।