नागरिक उन्मुक्ति पार्टीले फागुन ३ गते स्थापना दिवस मनाउने


नागरिक उन्मुक्ति पार्टीको स्थापना दिवसको अवसरमा केन्द्रदेखि तल्लो कमिटी सम्ममा विभिन्न कार्यक्रम गर्ने भएको छ । आज बसेको केन्द्रीय अध्यक्षसहितको उपाध्यक्षहरुको बैठकले सो निर्णय गरेको महासचिब ठाकुरसिंह थारुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस फागुन ३ गतेलाई मनाउने भएको छ । आज जारी गरिएको विज्ञप्तीमा फागुन ३ गते दोस्रो स्थापना विदस मनाउने भएको छ । सो अवसरमा केन्द्र, प्रदेश, क्षेत्रीय जिल्ला, पालिका र वडाका प्रमुख चोकहरुमा पार्टीको नामबीचमा उल्लेख गरी दिप प्रज्वलन गर्ने वताइएको छ । यसका साथै आफ्ना राजनीतिक नारा लगाउने, गीत गाउने र जलपान कार्यक्रम समेत गर्ने महासचिब थारुद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *