नेपाल प्रहरीमा २ हजारभन्दा जागिर खुल्यो

नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि  भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ।

खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्