सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाहेर पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको कुरा स्वीकार गर्न गाह्रो नभएको बताएका छन् ।
प्रदेश सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै शाहले सीमित स्रोत साधनको जगमा विभिन्न समस्या र चुनौतीका कारण खरो उत्रिन नसकेको बताएका हुन् ।
तर, मुलुक संघीयतामा गएको ८ वर्ष भइसक्दा समेत संविधानले दिएका अधिकार प्रत्योजनमा समस्या रहेकै कारण प्रदेश सरकारले जनताका आवश्यकता, आकांक्षा सम्बोधन गर्न कठिनाइ व्यहोरिरहेको शाहको भनाइ थियो ।
प्रदेश सरकारले नीतिगत सुधार, वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास, पूर्वाधार विकास, सामाजिक विकास जस्ता काम एक वर्षको अवधिमा गरेको जनाएको छ ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारको सेवा प्रवाह र शासकीय सम्बन्धमा आवश्यक पाँच वटा संशोधन विद्येयक प्रदेश सभामा पेस भएको, दुई विधेयक सैद्धान्तिक सहमति प्रदान गरिएको बताए ।