सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्रप्रसाद सिंह यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले सिंहलाई गम्छा, माला र टीका लगाएर स्वागत गरेका छन् ।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ । यसअघि महोत्तरी २ (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ (१) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।