नेकपा (एमाले) रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित हुनु भएको छ। साह कुल १९३ मत ल्याएर निर्वाचित हुनु भएको हाे ।
उहाँका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मतमात्रै प्राप्त गर्नु भएको थियो । उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित हुनु भएको छ ।
यस्तै सचिव पदमा बाबुराम दाहाल, उपसचिवमा अवधेशकुमार यादव निर्वाचित हुनु भएको छ ।
एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।