समृद्धिका लागि राजनीतिक दलबिच सहमति जरुरी : सभामुख

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरू योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । सभामुख घिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवम् सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने समेत आवश्यकता औँल्याउनुभयो ।

उहाँले संसद्को चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । “सरकारले संसद्को चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसद्लाई बिजनेसको खाँचो हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *