त्रिवि उपकुलपतिका लागि ३ जनाको सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले  केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो। भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो। त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *