अनेरास्ववियु बाँकेले ड्राम ठाेकेर सरकारकाे विराेध गर्याे

अनेरास्ववियु बाँकेले सरकारका रवैयाकाे विराेध स्वरूप ड्राम ठाेकेर आज विराेध कार्यक्रम गरेको छ । नारा, जुलुस सहित सडकमा उपस्थित भएका विद्यार्थी काेणसभा अनेरास्ववियुका नेताले संबाेधन गरेका थिए । सभालाई संबाेधन गर्दैअनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले छानबिन आयाेगले दाेसी देखाए मन्त्रीकाे राजीनामाकाे माग गर्दै, भ्रष्टाचार र कालाेबजारी अन्त्य गर, महंगी नियन्त्रण गर, शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, सेवा क्षेत्रमा विचाैलियाकाे निषेध गर जस्ता माग राख्दै ड्राम ठाेकेर नसुन्ने, नथाहा पाए जस्तो गर्ने सरकारलाई कान सुन्ने गरि सुनाउनका लागि विराेध कार्यक्रम गरिएको प्रकाश बताउनु भयो ।

अध्यक्ष विश्वकर्माका अनुसार नेपालगन्जकाे महेन्द्र बहुमुखी क्याम्पस अगाडिको सडकमा आज विहानै अनेरास्ववियुका नेता कार्यकर्ता भेला भएर संगठनकाे केन्द्रीय कार्यक्रम र स्थानीय सवालमा विराेध कार्यक्रम गरिएको हाे । गठबन्धन सरकार नागरिकका जनजीविकाका सवाल भन्दा कामाउ धन्दा र गठबन्धन जाेगाउन मात्रै तल्लिन भएकोले विराेध कार्यक्रम गरिएको अध्यक्ष विश्वकर्मा जानकारी दिनु भयो । युवा विद्यार्थी दिनप्रतिदिन विदेशीन बाध्य छन् सरकार नीति विधि विहिन छ । महंगो शुल्क, कमजोर र प्रतिष्पर्धा गर्न नसक्ने शिक्षा नीति आजको समस्या रहेको अध्यक्ष विश्वकर्माकाे भनाइ छ ।

अहिलेकाे सत्ता गठबन्धन नागरिक हित, सेवा र सुविधा भन्दा सस्तो लाेकपृयता र शक्ति केन्द्रकाे हनुमान गिरी गर्ने कामलाई मात्रै प्राथमिकता दिने गरेको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधव खत्री बताउनु भयो ।

विराेध कार्यक्रम अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ता र विद्यार्थीकाे सहभागीता रहेको थियो । यसैगरी अनेरास्ववियुले बुधबार बाँकेको काेहलपुरमा सरकारकाे विराेध कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *