संसद अवरोध गरेर सत्ता अभिलाषा नराख्न केसीकाे आग्रह

फाइल तस्विर

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले प्रतिपक्ष संसद् चलाउने मुडमा नरहेको जस्तो आफूलाई महसुस भएको बताए। उनले संसदको काम कानुन निर्माण गर्ने भएकाले कानुन निर्माणमा जोड दिनुपर्ने बताएकाे समाचार थाहाखबरमा प्रकाशित छ।

उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन। पटकपटक अवरोध गर्ने मुडमा छ। मलाई लाग्दछ, संसदको काम भनेको कानून निर्माण गर्ने हो। एक वर्षमा एउटा कानून निर्माण भयो। आम जनतामा असन्तोष छ। म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला।’

सांसद केसीले संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्ने कुरा स्वागतयोग्य भएको बताए।