जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले देशमा चरम निराशा व्याप्त रहेको बताए। उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरूप्रति चर्को उदासिनता सुरु भएको बताए। उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताए। उनले प्रतिनिधिसभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताए।
उनले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताए। उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताए।