फागुन २२ गतेसम्म विभिन्न क्षेत्रमा चार घण्टा बत्ती जाने

नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा यही फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जनाएको छ ।

आज (बुधबार)देखि फागुन २२ गतेसम्म केही स्थानमा बिहान १० देखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो ।

बुधबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र बिहान १० देखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।

गोरखापत्र दैनिकमा जारी सूचनामा बिहीबार अर्थात् फागुन १७ गते सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रहरूमा बत्ती जानेछ उल्लेख छ ।

त्यस्तै, फागुन १८ गते शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरूमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ ।

शनिबार हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ भने फागुन २० गते आइतबार इभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्रमा आपूर्ति प्रणाली बन्द हुनेछ ।

यसैगरी, फागुन २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *