आज साफ यु-१६ महिला च्याम्पियनसिप सुरु हुँदै

साफ यु-१६ महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदै छ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि अन्डर सिक्सटिन उमेर समूहमा खेलिन लागेको हो।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन्। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ। प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली अन्डर-सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरेका छन्।

नेपाल प्रतियोगिताको साबिक विजेतासमेत हो। सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *