एमाले अध्यक्ष ओली पञ्चकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।

पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन महायज्ञलाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउनुभएको हो । अध्यक्ष ओलीलाई महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्य, नेकपा (एमाले) का बागलुङ, पर्वत र म्याग्दीका नेता तथा कार्यक्रर्ताहरुले स्वागत गरेका छन् ।