अनेरास्ववियु बाँकेको माग: भेरी अस्पतालकाे सेवा जनमुखी हुनुपर्छ

अनेरास्ववियु बाँकेले भेरी अस्पतालकाे सेवालाई जनमुखी बनाउनका लागि  आज ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा अस्पतालमा भर्खरै स्थापना गरिएको एमआरआई मेसिन तत्काल संचालन गरि नागरिकलाई सेवामा दिनु पर्ने, अस्पतालमकाे आकस्मिक सेवा २४ घण्टा संचालन गर्नुपर्ने माग राखेको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले जानकारी दिनु भयो ।

अनेरास्ववियु बाँकेले जनचासाेका विषय र सवालमा  जिल्लाका  सरकारी कार्यालयबाट प्रदान गर्ने सेवालाई जनमुखी हुनुपर्ने र बनाउनु दवाव दिदै आएको छ । साे ध्यानाकर्षण भेरी अस्पतालकाे शौचालय लगायतका अस्पताल परिसर नियमित रुपमा सरसफाई हुनुपर्ने । अस्पतालका चिकित्सकहरु समय अवधिभर आफ्नो कार्यकक्षामा रहनुपर्ने साथै समय अवधिमा आफ्नो निजी क्लिनिकमा जान रोक लगाउनुपर्ने । विभिन्न वहानामा औषधी, रगत जांच, अन्य जांचहरु अस्पताल परिसर भित्रै हुनुपर्ने, अस्पताल परिसर भन्दा बाहिर लान खोज्ने विचौलियालाई अस्पताल प्रवेश निषेध गरिनुपर्ने । समयमा चिकित्सक र कर्मचारी अस्पतालमा आउनुपर्ने लगायतका सवालमा अस्पताल व्यवस्थापन र प्रशासनकाे ध्यानाकर्षण गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *