नवनियुक्त मन्त्रीको शपथ बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ।
राष्ट्रपति कार्यालयले बुधबार साँझ पौने ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ समारोहमा उपस्थितिका लागि अनुरोध गरेको छ।
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री बन्दै हुनुहुन्छ। हितबहादुर तामाङले भने मन्त्री पदको शपथ लिइसक्नु भएको छ। उहाँलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राईले मन्त्री पदको शपथ लिनुहुनेछ।