महाशिवरात्रीका भक्तजनहरूको शान्ति सुरक्षाका लागि आज राती १० बजेबाट पशुपति क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सिफ्टमा रहने गरी चारहजार सुरक्षाकर्मीलाई खटाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।