माओवादी केन्द्रले दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने

नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।

एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *