राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सङ्घीय संसदको निर्वाचन कार्यतालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।